न्याउली रोयो आज किन पारी वनैमा
विरहले छाती पोल्यो वारी मनैमा
……
टाढावाट के के खवर आउने पो हो कि ?
हेर्दा हेर्दै भाग्यमा पहिरो जाने हो कि ?
शंका लाग्छ त्यसै त्यसै आफ्नो तनैमा
विरहले छाती पोल्यो वारी मनैमा
……
कसैवाट के के कुरा सुनिने पो हो कि ?
हिड्दा हिड्दै गोरेटो भत्किने पो हो कि ?
वाध फुट्छ किन किन नयन तालैमा
विरहले छाती पोल्यो वारी मनैमा