डाडा माथी वादलुले घामै छेक्यो कि-

सताई रहन्छ सम्झनाले माया वस्यो कि-

 

त्यो खोलाको सुर्साईमा तिम्रै गीत गाउछु

सपनीमा पनि सधै तिमीलाई नै देख्छु

 

एकै दिनको भेटघाट सम्वन्ध भो गहिरो

लागि रहन्छ किन होला चाहानाको ओईरो

 

त्यो झरनाको वहकाईमा तिम्रै प्रीत पाउछु

कल्पनीमा पनि सधै तिमीलाई नै भेट्छु

 

सुन्दर हाम्रो संसारमा जाने हो कि पहिरो

लागि रहन्छ किन होला रहरको धुइरो