खोलीदिए हुन्थ्यो सानु दिलका ढोकाहरु

वुझीदिए हुन्थ्यो सानु मनका भाषाहरु

कति हिडे संग संगै पाइलाहरु मीलाई

कति रोए रुखो मनले हृदयलाई सीलाई

चलि रहयो यसै गरी विश्वासमा पहिरो

रोक्न खोज्दा छाती भित्र चोट परयो गहिरो

कति हासे संग संगै आशाहरु फूलाई

कति देखे सपनाहरु गई दियो विलाइ

लागि रहयो यसै गरी चाहानामा कुहिरो

मन भित्रै लागि रहन्छ रहरको ओइरो