डाहा गर्छन् त्यसै पनि इर्श्या गर्नेहरु

जाली हुन्छन् त्यसै पनि माया साट्नेहरु

 

भित्र आगो वाली वाली वाहिर हासी दिन्छन्

त्यस्तै मान्छे आखा छली चोखो वनि हिड्छन्

 

वुट्टा भर्छन् त्यसै पनि दाउ खोज्नेहरु

जाली हुन्छन् त्यसै पनि माया साट्नेहरु

 

पर्राई संग हात जोडी आफ्नो वनि दिन्छन्

लड्ने लाई भिरवाट झनै ठेली झार्छन्

 

दानी वन्छन् त्यसै पनि छुरा वोक्नेहरु

जाली हुन्छन् त्यसै पनि माया साट्नेहरु