चुपचाप सहि वसे एकान्तमा आफ्नै पीडाहरु

पलपल पीइ रहे सुन्यतामा आफ्नै आशुहरु

 

वुझिदिने को होला चोट पापी संसारमा

लेखिदियो भावीले भाग्य यस्तो निधारमा

 

झनझन रोईरहे भावनामा दुख्दा घाउहरु

पलपल पीइ रहे सुन्यतामा आफ्नै आशुहरु

 

सम्भिदिने को होला दुख जाली दुनियामा

परीदियो छाया यहा दोष किन नजरमा

 

जसोतसो खपीरहे विपत्तीमा पोल्दा मुटुहरु

पलपल पीइ रहे सुन्यतामा आफ्नै आशुहरु