फुल हुं म वनको नलाए तिमीले ओइली झर्छु

पानी हुं म नदीको नरोके तिमीले वगी जान्छु

नपछ्याउन सक्छौ यी मेरा यात्राहरु

नसझाउन सक्छौ यी मेरा सपनाहरु

अधुरो भए भाग्य अधुरै जिवन वाची दिन्छु

पानी हुं म नदीको नरोके तिमीले वगी जान्छु

नस्विकार्न सक्छौ यी मेरा वाचाहरु

नगाउन सक्छौ यी मेरा गीतहरु

विरानो भए आफ्नो विरानै सम्वन्ध भई दिन्छु

पानी हुं म नदीको नरोके तिमीले वगी जान्छु